ललितपुर महानगरपालिका ललितपुर महानगरपालिका कार्या‌लय

नक्सा दरखास्त फारम
नयाँ नक्सा दरखास्त फारम भर्नुहोस ।
नक्सा दरखास्त
नक्सा ट्रयाक
घर नक्साको स्थिति बुझन
ट्रयाक गर्नुहोस्

दरखास्त फारम साथ संलग्न कागजातहरु

तल दिएका कागजातहरु अनिवार्य राख्नु पर्नेछ ।
नयाँ निर्माणको लागि नक्सा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. जग्गा धनी प्रमाणपत्र प्रतिलिपि
२. चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
३. ज.ध. दर्ता प्रमाण पूर्जामा फोटो नभएको भए नागरिता प्रमाणपत्रको प्रतिलिपि
४. कि.न. स्पष्ट भएको नापी प्रमाणित नक्सा (ब्लु प्रिन्ट)
५. पास गरिने नक्साको फोटोकपी वा ब्लुप्रिन्ट (डिजाईनर र नक्सावालाको हस्ताक्षर सहित)
६. डिजाईनरको इजाजतपत्रको नवीकरण सहितको फोटोकपी (सरोकारवालाबाट प्रमाणित)
७. मन्जुरी लिई बनाउने भएमा नक्सा वालाको कानून शाखाको रोहवरमा भएको मन्जुरीनामाको सक्कल
८. वारेश राखी नक्सा पास गर्ने भए वरिसको प्रमाणितको प्रतिलिपि
पुन: निर्माण गर्न आवश्यक कागजातहरु
१. नापी नक्सामा देखिएको तर नक्सा पास नभएको खण्डमा Existing Building को भुई तल्ला प्लान चार तिरको एलिभेसन र साइट पेश गर्नुपर्नेछ
२. कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ
तल्ला थप गर्न आवश्यक कागजातहरु
१. पहिलो पास गरेको नक्सा र प्रमाणपत्रको फोटोकपी
२. चालु आर्थिक वर्षसम्मको एकिकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि
३. अरु कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ